दफा
धरौटी खातामा जम्मा गर्नु पर्ने
कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा
नियन्त्रणमा लिइएको नगद तथा सम्पत्ति वा साधनबाट प्राप्त हुने देहाय बमोजिमको रकम
विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सो प्रयोजनका लागि खोलिएको धरौटी
खातामा जम्मा गर्नु पर्नेछ ः–
(क) त्यस्तो सम्पत्ति वा साधन खिया लाग्ने, टुटी फुटी वा सडीगली जाने
वा अन्य कुनै कारणले हानि नोक्सानी हुने भई दफा २१ बमोजिम
लिलाम बिक्री गरी प्राप्त भएको रकम, वा
(ख) त्यस्तो सम्पत्ति वा साधनबाट कुनै आयस्ता प्राप्त भएमा त्यसरी
आयस्ता बापत प्राप्त भएको रकम ।